९ वैशाख, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा सेभिल्ला विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले ग्रनाडालाई २–० ले हराएको हो । सेभिल्लाको जितमा गान्सो डी लिमाले दुवै गोल गरे । डी लिमाले चौथो मिनेटमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । दोस्रो हाफको सुरुमा नै लिमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । जिपछि चौथो स्थानको सेभिल्लाले तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । उसको ३३ खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको तेस्रो स्थानको एथ्लेटिको मड्रिडको पनि समान ६५ अंक नै छ । ग्रनाडाले भने लिगाका पछिल्ला ८ खेलमा जित निकाल्न सकेको छैन । ३३ खेलबाट २० अंकसहित ग्रनाडा १९ औं स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०७४