२९ चैत, काठमाडौँ । युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल कमर्श क्याम्पस मीनभवनले कब्जा गरेकोे छ । त्रिवि क्रिकेट मैदानमा शंकरदेव क्याम्पसलाई ६ विकेटलाई हराउँदै नेपाल कमर्श क्याम्पसले उपाधि जितेको हो । १ सय ३२ रनको लक्ष्य नेपाल कमर्श क्याम्पसले १८ ओभर १ बलमा ४ विकेट जाँदा भेट्टायो । नेपाल कमर्श क्याम्पसका लागि धिरज अधिकारीले ३८ र अभिनाश अधिकारीले ३५ रन बनाए । पहिले ब्याटिङ गरेको शंकरदेवले निर्धारीत २० ओभरमा ९ विकेट जाँदा १ सय ३१ रन बनाएको थियो । शंकरदेवका प्रकाश विष्टले ३६ रन बनाएका थिए । विजेता नेपाल कमर्श क्याम्पसले १ लाख र उपबिजेता शंकरदेवले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । नेकपा एमालेका नेता शंकर पोखरेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान गर्दै उनले खेलले नेपालीहरुलाई एक सुत्रमा बाँध्ने भएकाले यसको विकासमा राज्यले गुरुयोजनासहित काम गर्नुपर्नेमा जोड दिए । नेता पोखरेलले क्रिकेट खेलको विकास सन्तोषजनक रुपमा भैरहेको भन्दै पर्याप्त खेल मैदानहरुको विकास गर्नुपर्ने बताए ।




प्रकाशित मिति: सोमबार, चैत २८, २०७३