२८ चैत, काठमाडौँ । इंग्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले पुछारको सन्डरल्याण्डलाई ३–० ले हरायो । १० खेलाडीमा सीमित भएको सन्डरल्याण्डलाई हराउने क्रममा युनाइटेडका लागि जाल्टन इब्राहिमोविच, हेनरिक एमखिर्तियान र मार्कस रासफोर्डले एक एक गोल गरे । जितसँगै युनाइटेड आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ । पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३