२२ चैत, काठमाडौँ । डोपिङका कारण प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको छ । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) का अनुसार सन् २०१५ मा १९ सय भन्दा धेरै खेलाडी डोपिङका कारण प्रतिबन्धमा परेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी हो । सन् २०१५ मा १९ सय २९ जना खेलाडी डोपिङमा असफल भएर प्रतिबन्धमा परेको वाडाको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा डोपिङमा असफल भएका कारण १६ सय ९३ खेलाडी प्रतिबन्धमा परेका थिए ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३