२१ चैत, काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलखेल आज हुँदै छ । उपाधिका लागि आज श्रीलंका र पाकिस्तानका २३ वर्षमुनिका टिम खेल्दैछन् । खेल बंगलादेशमा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । सोमबारको खेल प्रतियोगिताका उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स्यानको खेलका रुपमा पनि रहने छ । प्रतियोगितामा अहिलेसम्म श्रीलंकाका चरिथ असलंका सबैभन्दा धेरै रन बनाउने ब्याट्स्म्यानका रुपमा छन् । उनले ३ सय ३४ रन बनाएका छन् । १२ विकेट लिएका पाकिस्तानका ओसामा मिरले सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा छन् । धेरै रन बनाउने ब्याट्स्म्यानको सूचिको दोश्रो नम्बरमा पाकिस्तानका इमाम उल हक छन् । उनले २ सय ३८ रन बनाएका छन् । त्यस्तै धेरै विकेट लिने बलरमा श्रीलंकाका ओमिला ओपुन्सु छन् । उनले ११ विकेट लिएका छन् । टेष्ट मान्यता नपाएका तर राम्रो प्रदर्शन गरिरहेका टिमलाई लक्षित गरी एसियाली क्रिकेट परिषदले आयोजना गरेको प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टिमसँग नेपाल, हङ्गकङ्ग, मलेसिया र अफगानस्तानका राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा नेपाल पाकिस्तान र बंगलादेशसँग पराजित भयो भने हङ्गकङ्गलाई हराउँदै समूहको तेश्रो स्थानमा रह्यो ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७३