१७ चैत, काठमाडौँ । इमर्जिङ कप क्रिकेटमा नेपालले २१५ रनको विजयी लक्ष्य पाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१४ रन बनायो । नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले समान दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए । हङकङका लागि अंशुमन राथले ५१, क्यामरुन म्याकुलसेनले ४३ तथा वाक्कस खानले ३० रन बनाए ।

आजको खेल दुबैका लागि प्रतिष्ठाको लडाई हो । पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३