१७ चैत, काठमाडौँ । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निकै राम्रो सुरुवात गरेको थियो । नेपालले २५ ओभरको खेल सकिँदासम्म तीन विकेट लिएको छ । हङकङले २५ आभेरसम्म एक सय ८ रन बनायो । नेपालका ज्ञानेन्द्र मल्लले दुई तथा सन्दिप लामिछानेले एक विकेट लिएका हुन् । नेपाल र हङकङ दुबै समूह चरणबाटै बाहिरिसकेका छन् । आजको खेल दुबैका लागि प्रतिष्ठाको लडाई हो । पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३