१४, चैत, काठमाडौँ । एसिसि इमिर्जङ कपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । बंगलादेशकोे शेखकमल स्टेडियममा बिहान पौने ९ बजे सुरु भएको खेलमा नेपालले पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेलिरहेको छ । इमर्जिङ कप क्रिकेटका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय टिममा पनि युवा खेलाडीको बाहुल्यता छ । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहने नेपाली टिममा युवा खेलाडी धेरै छन् । नेपाल आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङसंगै समूह ‘बी’ मा छ । यो प्रतियोगितामा आजै भारत र श्रीलंका, वंगलादेश र हङकङ तथा अफगानस्तान र मलेशिया पनि खेल्नेछन् । विश्वकप नखेलेका तर राम्रो प्रदर्शन गरिरहेका देशलाई एशियाली क्रिकेट काउन्सिलले यो प्रतियोगिता गराउन थालेको हो । प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशले भने २३ वर्षमुनिको टिमलाई सहभागी गराएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३