१४ चैत, काठमाडौँ । विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्ड विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ अन्तर्गतको खेलमा शीर्ष स्थानको पोल्याण्डले मन्टेनेग्रोलाई २–१ ले हरायो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्की र लुकास पिसजेकले गोल गरे । मन्टेनेग्रोका लागि स्टेफान मुगोसाले एक गोल फर्काए । अवे मैदानमा भएको खेलमा ४० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाति अग्रता दिलाए । ६३ औं मिनेटमा मुगोसाले मन्टेनेग्रोका लागि बराबरी गोल फर्काए । ८२ औं मिनेटमा पिसजेकले गोल गर्दै पोल्याण्डको जित निश्चित गरे । अर्को खेलमा अर्मे्नियाले काजकस्तानलाई २–० ले हरायो भने डेनमार्क र रोमानियाले गोल रहित बराबरी खेले । शीर्ष स्थानको पोल्याण्डको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको मन्टेनेग्रोको सात अंक छ । सात अंक नै भएको डेनमार्क तेस्रो तथा ६ अंकसहित रोमानिया समूहको चौथो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३