काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
पदको दुरूपयोग गरी एक इञ्जिनियरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५