काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काेसी व्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् ।
श्रेष्ठलाई प्रहरीले गए राती पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार नै सार्वजनिक गर्नसक्ने सम्भावना छ ।
काठमाडौंको अनामनगरमा रहेको रेडियो मिर्मिरेका अध्यक्षसमेत रहेका श्रेष्ठ पछिल्लो समय पूर्वी नेपालमा क्रियाशील थिए ।
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै सो पार्टीका नेता कार्यकर्तामाथि धरपकड तीव्र पारेको छ ।
शुक्रबार राती काभ्रेबाट मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित नौ जनालाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५