काठमाडौं : काठमाडौं र काभ्रेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा डेकेन्द्र राई, नुम बहादुर विक, शिब धिमाल र विशाल तामाङ रहेका छन् ।
पक्राउ परेकामध्ये राई र विक काठमाडौंबाट र धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
काभ्रेको रोशी गाउँपालिकामा मंगलबारराति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएपनि प्रहरीले चलाएको खोजी अभियानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको पुष्टि भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५