काठमाडौं : सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण सुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले तीव्रता लिन थालेको छ । सीताराम–कुन्जना दम्पत्तिले यसकालागि आर्थिक संकलनदेखि लिएर रंगशाला निर्माण कार्य पनि सुरु भएको छ । सीतारामले आज आफ्नो फेसबुकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रगति विवरण अपडेट समेत गरेका छन् ।
यसका लागि सीतारामले चौतर्फीरुपमा सहयोगको पनि आवहन गरेका छन् । रंगशाला निर्माणमा चर्चित टेलिश्रृंखला भद्रगोल टीम समेत जोडिएको छ । भद्रगोल टीमले विशेषगरी स्कूल तथा कलेजबाट फन्ट कलेक्सन गर्नेछन् । सीतारामले अबिभावक, विद्यार्थी तथा शिक्षकहरुसंग सहयोग जुटाईदिन आग्रह समेत गरेका छन् ।
सीताराम भन्छन्, ‘प्रारम्भिक चरणका सम्पूर्ण कामहरु बन्नेक्रममा छ । यसलाई चाँडो भन्दा चाँडो सिध्याउने तर्फ लागिरहेका छौ ।’ उनका अनुसार माहोल राम्रैसंग बन्दैछ । अहिले कार्यालय बस्ने, गोदाम, कामदार वस्ने, सुरक्षाकर्मी बस्ने, निर्माण सामाग्री राख्ने घर तथा कम्पाउण्ड निर्माण हुनेक्रम जारी छ ।
तीन अर्ब लागतमा निर्माण गर्ने लक्ष्य राखिएको यस परियोजनाकालागि अहिलेसम्म साढे पाँच करोड उठिसकेको छ । सीतारामका अनुसार मास्टर प्लान सहितको डिजाईन सकिएपछि डीपीआर तयार गरिनेछ । डीपीआर तयार भएपछि सिल्यान्यास गर्ने सीतारामको लक्ष्य छ । सिल्यान्यास भएको मितिले दुई वर्षभित्रमा रंगशाला निर्माण गर्ने सीतारामको लक्ष्य छ ।
भिडियो



प्रकाशित मिति: सोमबार, चैत ४, २०७५