काठमाडौं । सोमबार बिहान काठमाडौं र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरलाई केन्द्र बनाएर ४.१ रेक्टरको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुर जिल्लाको चित्लाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का मकवानपुर, धादिङ, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५