काठमाडौं : मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रूपैयाँमा टिसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवर्द्धनका साथै होली खेल्नेहरूलाई लक्षित गर्दै होलीको थिमयुक्त टिसर्ट १ रूपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।
रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्ममा रिचार्जरको मोबाइल एपबाट टिसर्ट खरिद गर्नुपर्ने हुन्छ । यसरी १ रूपैयाँमा टिसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात् २०० क्यास व्याकसहित १ रूपैयाँ भुक्तान गरेर टिसर्ट किन्न सकिन्छ ।
गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउनेछन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै क्यास व्याक पाइनेछ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रूपमा प्रयोग गर्न सकिन्छ ।
रिचार्जर नेपालकै सबैभन्दा धेरै फङ्सन भएको एप हो । एउटै एपबाट सामान किन्नका साथै अरू विभिन्न किसिमका सेवाहरू पाउन सकिन्छ ।
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा डेढ दर्जन बैंकको ईबैंकिङ, ईसेवालगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ ।
धेरै मूल्य पर्ने र सेवाग्राहीले एकै पटकमा रकम भुक्तान गर्न नसक्ने किसिमका उपकरण तथा ग्याजेट्स रिचार्जरबाट शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । विभिन्न १० वाणिज्य बैंकहरूसँगको सहकार्यमा रिचार्जरले यस्तो अफर सञ्चालन गरिरहेको छ ।
‘लाइन हैन अनलाइन’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथा एप्पल एप स्टोरमा गरी एक लाख ५० हजार बढी डाउनलोड भइसकेको छ । नेपालमा चलनचल्तीमा रहेका एक हजार बढी ब्राण्डसँग सहकार्य गर्दै रिचार्जरले सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।
होटल, रेष्टुरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवा प्रदायकका बिलहरू पनि तिर्न सकिने रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी आवश्यक सामान खरिद गर्दै समय र पैसाको बचत गर्न सकिने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५