काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई शहरस्थित दुईवटा रिक्रुटमेन्ट कम्पनीले आफूहरूलाई अलपत्र पारेको भन्दै त्यहाँबाट फर्किएका १९ जना नेपाली कामदारले आजको न्युजको सम्पर्कमा आएका छन् । ६ महिना बढि समय दुवईमा आफुहरुलाई अलपत्र पारिएको भन्दै आजको न्युजको सम्पर्कमा आएका उनीहरुरुले दुबईस्थित Al TANMYAH SERVICES L.L.C. / FARNEK L.L.C. ले सुरक्षा गार्डको रूपमा आफुहरुलाई दुवई बोलाएको भएपनि महिनौ सम्म भने बमोजिमको काम नदिएको गुनासो गरे ।
सुरक्षा गार्डको कामका लागि प्रति व्यक्ति ३ लाख खर्च गरेर दुबई पुगेका उनीहरू त्यतिबेला चकित परे जब त्यहाँका ती दुई कम्पनीहरूले मागबमोजिमको काम दिन आनाकानी गरे। नेपालबाट पठाउने Paradise Inernational ले मागअनुसार काम उपलब्ध गराउन पटक–पटक आग्रह गरे पनि ती दुई कम्पनीले सुरक्षा गार्डको काम दिन मानेनन्।
सुरक्षा गार्डको काम दिन्छु भन्दै १९ नेपालीलाई बन्धक जस्तै बनाएर निर्मम व्यवहार गरिएको पिडित कामदारहरूले आजको न्युजलाई बताएका छन् । उनीहरूलाई “पछिपछि” भन्दै महिनौँसम्म झुलाउने मात्रै होइन, भोकभोकै राखेर शोषण गरिएको समेत उनीहरू बताउँछन्।

नेपाली कामदारहरूको मानवअधिकारको समेत गम्भीर उल्लंघन गर्दै, न त मागअनुसार काम दिइयो, न त कुनै सुविधा दिइयो। लामो समय अमानविय व्यवहार भोगेर स्वेदश फर्किए लगत्तै आजको न्युजको सम्पर्कमा आएका उनीहरुले भने त्यो कम्पनीमा हामीहरुले निकै कष्ट भोग्नु परेको र अब उपरान्त कोही पनि नेपाली त्यस्तो कम्पनीमा नजाउन ।
अलपत्र अवस्थाबाट नेपाल फर्किएका ती कामदारहरूले दुबईस्थित सो दुई कम्पनीलाई कालोसूचीमा राखी कुनै पनि नेपाली कामदार पठाउन नदिन नेपाल सरकार र वैदेशिक रोजगार विभागलाई सामूहिक अपिल गरेका छन्।
आफूहरूले पाएका दुःख र आर्थिक क्षति दोहोरिन नदिन, नेपालका अन्य कामदारलाई जोगाइदिन, ती दुई कम्पनीलाई तत्काल प्रतिबन्ध लगाउन उनीहरूको माग छ।
त्यहाँ ६ महिनाभन्दा बढी बन्धकजस्तै अवस्थामा बस्नुपरेको कारण, उनीहरूले क्षतिपूर्ति दाबी गर्ने घोषणा समेत गरेका छन्। सुरक्षा गार्डको काम दिन्छु भनी पछि अलमल पारेर अलपत्र पारेको हुनाले, उनीहरूले समय, ऊर्जा र आर्थिक नोक्सानी सबैको क्षतिपूर्ति दिनुपर्छ भनी माग गरेका छन्।
दुबईस्थित ती कम्पनीहरूले मागबमोजिम काम नदिएको मात्र होइन, न्यूनतम मानवीय व्यवहार समेत नगरेको उनीहरूको आरोप छ।
बरु उल्टै, “सुरक्षा गार्डको काम दिन सकिँदैन, जे दिइन्छ त्यही काम गर, नभए जेलमा सडाइदिन्छौं” भन्ने सम्म धम्की दिएको उनीहरूले बताएका छन्।
गास–बासको समेत उचित व्यवस्था बिना, उनीहरू लगभग बन्धकको अवस्थामा बस्न बाध्य भएको गुनासो गर्छन्।
सामूहिक अपिल गर्ने १९ नेपाली कामदारको नामावली यस्तो छः
१. तिलबहादुर आले
२. अनिश ताम्राकार
३. मोहम्मद इजारुल अन्सारी
४. जीवनकुमार श्रेष्ठ
५. बिनोद हाँस्दा
۶. देवराज तिमिल्सिना
७. लक्ष्मण शाही
८. देशकुमार महरा
९. मानसिंह तामाङ
१०. श्रीराम कंडेल
११. माधवप्रसाद कट्टेल
१२. योगेन्द्रबहादुर कार्की
१३. सुजन बोहरा
१४. सुदिप राई
१५. सुनिल नेपाली
१६. गोपाल दाहाल
१७. राजेन्द्र भट्ट
१८. राजकुमार तिमिल्सिना
१९. सिनेेश थामी
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०८२