काठमाडौं : कैलालीको धनगढीमा रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड र अछामको मंगलसेनमा रहेको रामारोशन लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।
बुधबार काठमाडौंमा यी दुई संस्थाबीच मर्जरमा जाने सहमति भएको हो । दुई संस्थाबीचको प्रारम्भिक सहमतिपत्रमा नेपाल राष्ट्र बैंकको मर्जर विनियमावली, २०७३ चौथो संशोधन २०७५ बमोजिम आफूहरू मर्जरमा जाने निर्णय गरेको जनाइएको छ ।
मर्जर प्रक्रियाका लागि शम्भुप्रसाद घिमिरे र राजेश बटालालाई जिम्मेवारी दिइएको छ । मर्जर प्रक्रिया सम्पन्न गर्न लाग्ग्ग्ने अनुमानित रकम आठ लाख रुपैयाँ दुवै संस्थाले समान दायित्व व्यहोर्ने गरी छुट्याइएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५