काठमाडौं : सांसदहरुले लघु घरेलु तथा साना उद्योग, कृषि क्षेत्र र केही सेवा क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुनेमा जोड दिएका छन् । सांसदहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माफत् सरकारले सबै क्षेत्रमा विदेशी लगानी भित्र्याउन खोजेको बताएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहिबारबाट छलफल सुरु गरेको विधेयकमा साना तथा लघु घरेलु उद्योग तथा कृषि र केही सेवा क्षेत्रमा पनि विदेशी लगानी खुल्ला गरको भन्दै सांसदहरुले आपती समेत जनाएका छन् ।
उनीहरुले कुुखरापालन बाहेक कृषिका सबै क्षेत्रमा विदेशीलाई लगानी गर्न दिनु गलत भएको भन्दै संसोधन गर्नुपर्ने बताएका हुन् । सरकारले प्रस्ताव गरेको उक्त विधेयकमा कुखुरा पालन बाहेक अन्य मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु, ई–कमर्श, कार्गो जस्तो व्यवसायमा पनि विदेशीले पनि लगानी गर्नु पाउने उल्लेख छ ।
सांसदहरुले मदिरा जन्ने उद्योगमा विदेशी लगानी खुल्ला गर्न नहुने पनि बताएका छन् । उनीहरुले त्यस्ता उद्योगलाई प्रतिबन्ध लगाउनु पर्ने अन्यथा निश्चित प्रतीशत बाहेक मुनाफा बाहिर लान नपाउने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।सरकारले आगामी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलन अगाडी उक्त विधेयक पास गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५