६ चैत, काठमाडौँ । माछापुच्छ«े बैंकको लिलामी सेयरमा न्यूनतम तीन सय २५ रुपैयाँ ५० पैसा (कट अफ प्राइस) सम्म बोलपत्र पेस गर्नेले सेयर पाउने भएका छन् । यस आधारमा तीन सय २५ रुपैयाँ ५० पैसाभन्दा तल भाउ राखेर बोलपत्र भर्नेले भने सेयर पाउने छैनन् । अधिकतम ३७५ रूपैयाँसम्म भाउ राखेर बोलपत्र पेस भएको छ । यो लिलामीमा पाँच हजार ५४ जनाले आवेदन दिएकमा छन् । संस्थागत लगानीकर्ताले अधिकतम ६० हजार कित्तासम्म आवेदन दिएका छन् भने व्यक्तिगत लगानीकर्ताले चाहिँ अधिकतम ५५ हजार कित्तासम्म आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । माछापुच्छ्रे बैंकले फागुन २७ देखि चैत ३ गतेसम्म लिलामीमा सेयर बिक्री खुला गरेको थियो । बैंकले हकप्रद निष्कासनका बेला नबिकेको सर्वसाधारण समूहको तीन लाख २३ हजार २०६ कित्ता र संथापकतर्फको ४८ हजार ६२३ कित्ता गरी कुल तीन लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामीमा बेचेको हो ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७३