भारतको दिल्ली विधानसभाकी सदस्य अल्का लम्बाले नेपाालबारे अपमानजनक टिप्पणी गरेकी छन् ।
आम आद्मी पार्टीकी विधायक लम्बाले भारतमा आगामी महिनाबाट सुरु हुन लागेको लोकसभा निर्वाचनका सन्दर्भमा ट्विट गर्दै नेपालमाथि अपमानजनक टिप्पणी गरेकी हुन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि गाली गरेकी छन् । उनले आफ्नो ट्विटमा यसपटक प्रधानमन्त्री चुन्न आग्रह गर्दै चौकीदार नेपालबाट पनि मगाउन सकिने र नेपाली चौकीदार चोर नहुने उल्लेख गरेकी छन् ।
उनको यस्तो ट्वीटका सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । काँग्रेसको राजनीति गरेकी लम्बा सन् २०१३ मा आम आद्मी पार्टीमा सामेल भएर चुनाव जितेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५