नारायणगढ ः मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यकाबाहिर विस्तार भएको छ । मेरो सुरक्षाले प्रिमियर इन्सुरेन्ससँग सहकार्य गरी चितवनको नारायणगढबाट पनि मोबाइल इन्सुरेन्स सेवा विस्तार गरेको हो ।
नारायणगढको ए टु जेड मोबाइल हाउसका १ दर्जनभन्दा बढी पसलबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागी हुन सकिने छ । राजधानीमा सफलता पाएपछि उपत्यकाबाहिर पनि यसको माग बढेकाले बिहीबारदेखि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्सन प्लान सञ्चालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए ।
कम्पनीका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउने छन् । कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराउने छ । यो सेवा पाउन भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रूपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५