वासिंगटन । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आगामी दिनमा फेसबुकमा गोपनियतालाई उच्च ध्यान दिने बताएका छन् ।
गत वर्ष फेसबुकमा प्रयोग भएका करोडौं प्रयोगकर्ताका गोप्य विवरण दुरुपयोग भएको पाइएको थियो । जुकरबर्गले एक ब्लग लेख्दै प्रयोगकर्ताका विवरणहरु लामो समयसम्म नराखिने बताएका छन् ।
यस्तो विवरण मानव अधिकारको अवस्था कमजोर भएको देशमा भण्डार समेत गरिनेछैन । सन् २०१८ मा फेसबुकले झन्डै पाँच करोड प्रयोगकर्ताका परिष्कृत विवरण एक राजनीतिक परामर्शदाता कम्पनीलाई बेचेको सार्वजनिक भएपछि फेसबुक विवादमा तानिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५