काठमाडौं : केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई काम गर्ने वातावरण बनाइदिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आज औपचारिक उद्घाटन गर्दै अव बैङ्कहरूले काम गर्नुपर्ने बताएका छन् ।
इन्फ्रास्ट्रक्चर बैंकले विशेष गरी यस क्षेत्रमा कोशेढुंगाको रुपमा काम गर्नु पर्नेमा गभर्नरले जोड दिए । ‘राष्ट्र बैंकले काम गर्ने वातावरण र्सिजना गरिदिएको छ, यसलाई सदुपयोग गर्दै इन्फ्रास्ट्रक्चर बैंकले मुलुकको पूर्वाधार निमार्णमा कोशेढुंगाको रुपमा काम गर्न सक्नुपर्छ ।
अब हामीले काम हेर्ने हो ।’ गभर्नर नेपालले यो बैंकले आन्तरिक र बाह्य स्रोत जुटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । विदेशबाट लगानी ल्याउन, परियोजना छनोट गर्न तथा चाहे अनुसार स्रोत परिचालन गर्न यस बैंकलाई पूर्ण रुपमा जिम्मेवारी दिइएको बताउँदै पारदर्शी भई काम गर्न सुझाव दिए ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५