काठमाडौं : शिवम् सिमेन्टको आईपीओ भोलि दिउसो बाँडफाँट हुने भएको छ । शिवम् सिमेन्टले सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता आ@पीओ बिक्री गरेको हो । यसमा ५१ हजार आठ सय ८२ जनाबाट ५१ लाख ८९ हजार पाँच सय ६० कित्ताका लागि आवेदन परेको छ ।
आयोजना प्रभावित स्थानीयलाई पाँच लाख ७९ हजार छ सय ४० कित्ता आईपीओ खुला गरिएकोमा एक हजार आठ सय ९७ जनाले चार लाख ८५ हजार तीन सय पाँच कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले कुल ४४ लाख कित्ता आईपीओमध्ये दुई लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामुहिक लगानी कोषलाई पनि दुई लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्ता मात्र माग भएपछि बाँकी एक लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५