काठमाडौँ : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ । कूल एक सय ७४ कम्पनीको सात लाख ३३ हजार चार सय २२ कित्ता शेयर २२ करोड ५२ लाख ३१ हजार चार सय ४३ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । व्यापार २.७ र अन्य उपसमूह ३.१५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २.०४, होटल ४.४१, विकास बैंक १.१५, जलविद्युत् ४.९८, वित्त ३.०५, निर्जीवन बीमा ३.०१, उत्पादन २८.६१, लघुवित्त ५.२८ र जीवन बीमा १२.१४ बिन्दुले बढेको छ ।
सामान्य बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.४४ प्रतिशत, सेन्ट्रल फाइनान्स ४.५९, गुर्खाज फाइनान्स लिमिटेड ३.८५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.५३ प्रतिशतले कमाएका छन् । यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ७.९३, घलेम्दी हाइड्रोपावर लिमिटेड ४.९७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ४.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.२२ र मिथिला लघुवित्त वित्तीय संस्था ३.४४ प्रतिशतले गुमाएका छन् ।
यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड २६ लाख १६ हजार एक सय १४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ८७ लाख ५३ हजार ६०० र एनआइसी एशिया बैंकको रु एक करोड २० लाख ८२ हजार ४४१ बराबरको कारोवार भएको छ ।
यस्तै, स्टकमा आज लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य समायोजन भएको छ । कूल १२ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु एक हजार ४३२ मा मूल्य समायोजन भएको हो । सो कम्पनीको औसत शेयर मूल्य दुई हजार १०३ छ । यसैगरी मेगा बैंक लिमिटेडको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भएको छ ।
-रासस
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५