काठमाडौं : नेपाल राष्ट्र बैंकले ११ अर्ब ९० करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । आइतबार अनलाइन बिडिङ सिस्टमबाट बोलपत्र पेश गर्न सकिनेछ ।
राष्ट्र बैंकले २८ दिन अवधिको ३ अर्ब २५ करोड, ९१ दिन अवधिको ३ अर्ब १३ करोड र १८२ दिन अवधिको ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन (बढीमा १ वर्ष) अवधिको स्रोत जुटाउन यस्ता बिलहरु बिक्री गरिन्छ । सरकारले ट्रेजरी बिल मार्फत आन्तरिक ऋण उठाउने गर्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५