तेहरान : इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा ८ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।
इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५