नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सेनालाई कारबाहीका लागि खुला छुट दिएका छन् ।
भारतको हवाई क्षेत्रमा पाकिस्तानी लडाकू विमान प्रवेश गर्नुका साथै एक भारतीय लडाकू विमानका चालक पाकिस्तानको कब्जामा पुगेपछि मोदीले स्थल, नौसेना र वायुसेनाका प्रमुखसँग २४ घन्टामा दास्रो पटक छलफल गर्दै ताजा सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलबाट मोदीले सेनालाई कारबाहीको छुट दिएका हुन् । यसअघि उनले भारतीय सुरक्षा र गुप्तचर निकायका प्रमुखसँग छलफल गरेका थिए ।
पाकिस्तानमा क्रियाशील जैश–ए–मोहम्मदको प्रशिक्षण शिविरमा हमला गरेको बताएलगत्तै उत्पन्न परिस्थितिबीच मोदीले लगातार सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन् ।
मोदीले राष्ट्रिय सुरक्षा सल्लाहका अजीत डोभाल, स्थल, नौसेना र वायुसेनाका सुरक्षा अधिकारीसँग पछिल्लो अवस्थाबारे जानकारी लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५