काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्रामा प्राथमिक पुँजीको शतप्र तिशत ऋण लिन सक्ने भएका छन् । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो सुविधा दिएको छ ।
केन्द्रीय बैंकले विदेशी विनिमय ऐन, २०१९ को दफा १० ‘ख’ बमोजिम बैंक तथा वित्तीय संस्थालाई उक्त अधिकार दिएको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा विदेशी मुद्रमा शतप्रतिशत ऋण लिन सक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले परिपत्र जारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५