काठमाडौं : सर्वोच्च अदालतले निजी व्यवसाय सञ्चालन गरिरहेको कम्पनी ‘पठाओ’ को सेवा रोक्न माग गर्दै दायर भएको रिटमा आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्चका न्यायाीधशहरु केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजालसले पठाओविरुद्धको रिटमा अन्तरिम आदेश नहुने आदेश गरेको हो ।
गैरकानुनी रुपमा सञ्चालन भएकाले उक्त सेवा रोक्न माग गर्दै गत माघ २८ गते श्यामकुमार श्रेष्ठले सर्वोच्च हदालतमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५