पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफले भारत पाकिस्तानभन्दा शक्तिशाली भएको स्वीकार गरेका छन् । अबुधाबीमा उनले पाकिस्तानले भारतमाथि परमाणु हमला गर्न नहुने उल्लेख गरेका छन् ।
उनले भारतसँग सावधान रहन आग्रह गर्दै पाकिस्तानले एउटा परमाणु बम खसाले भारतले २० औं परमाणु बम खसाएर पाकिस्तानलाई ध्वस्त पार्नसक्ने बताएका छन् ।
यद्यपि उनले भारत र पाकिस्तानबीचको सम्बन्ध एक पटक फेरि खतरनाक स्तरमा पुगेको पनि बताएका छन् । मुशर्रफले यदि पाकिस्तानलाई भारतका २० परमाणु बमबाट जोगाउने हो भने भारतमाथि पहिले ५० परमाणु बम खसाउन सक्नुपर्ने पनि बताए । यसबाट भारतले पाकिस्तानमाथि २० परमाणु हतियारबाट हमला गर्न नपाउने उनको भनाई थियो ।
गत फेब्रुअरी १४ मा जम्मु कश्मिरको पुलवामामा सीआरपीएफ जवानलाई लक्षित गरी विद्रोहीले गरेको कारबम हमलामा परी ४० भन्दा बढीको मृत्यु भएपछि भारत र पाकिस्तानबीच पुनः युद्धको खतरा मढारिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५