नेपालकी नेरी थापाले हङकङविरुद्ध ६ विकेट लिएकी छिन् । थाइल्याण्डमा जारी आईसीसी टी–२० एसिया रिजन छनोट अन्तर्गत हङकङविरुद्धको खरेलमा नेरी थापाले सुरुवाती ६ विकेट लिएकी हुन् ।
४ ओभर बलिङ गरेकी थापाले ८ रन मात्र खर्चिइन् । हङकङले २३ रन बनाएका बेला नेरीले पहिलो विकेटका रुपमा पोनलाई आउट गरिन् । पोनलाई उनले ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन् । यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा यी सान टुलाई खाता नै खोल्न नदिइ पेभेलियन पठाउन सफल भइन् ।
हङकङका लागि सर्वाधिक रन बनाएकी यस्मिन दसवानीलाई आउट गर्दै तेस्रो विकेट लिईन्। दसवानी १६ रनमा आउट भएकी हुन् । राम्रो सुरुआत गरेको हङकङले ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।
चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गरिन् । पाँचौ विकेटको रुपमा हङकङकी कप्तान मारिको हिललाई आउट गरिन् ।
नेरीको विकेट लिने यात्रा भने यतिमै रोकिएन । उनले छैटौं विकेट पनि लिन सफल भइन् । नेरीले जस्मिन टिटमसको छैटौं विकेट लिएकी हुन् ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५