२ चैत, काठमाडौँ । सुनचाँदीको भाउ बुधबार पनि घटेको छ । फागुनको अन्तिम हप्तादेखि सुनचाँदीको भाउ लगातार घट्दै गएको छ । मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलामा ५३ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको भाउ अझै घट्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७३