धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि जितेको सिवाईसी अत्तरिया कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुनको जुत्ता प्राप्त गरेका छन् ।
आज भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयर सिवाईसी अत्तरियाका कप्तान समेत रहेका दिपेन्द्रसिंह ऐरी चुनिए । दिपेन्द्रले सुनको जुत्ता पाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए ।
अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका सन्नी पटेल म्यान अफ द सिरीज र बेस्ट ट्सम्यान घोषित भए । सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्ने मौका पाउँदा कुल २ सय २ रन बनाए । त्यस्तै बलिङमा पटेलले ९ विकेट लिएका थिए । बेस्ट ब्याट्सम्यान मार्फत रु एक लाख र म्यान अफ द सिरीज चुनिएकोमा रु २ लाख प्राप्त गरे । भुवन कार्की प्रतियोगिता कै उत्कृष्ट बलर चुनिए । कार्कीले रु एक लाख प्राप्त गरे । कार्कीले ७ खेलमा १४ विकेट लिएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५