धनगढी : प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदानमा भएको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेड एक रनले जीत निकाल्दै क्प्रवालीफायरमा प्रवेश गरेको छ । आज भएको एलिमिनेटर खेलमा रुपन्देहीलाई पराजित गर्दै क्वालिफायरका प्रवेश गरेको हो ।
१ सय १६ रनको लक्ष्य पक्ष्याएको रुपन्देहीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १४ रनमा अल आउट भएको हो ।
रुपन्देहीका प्रदीप ऐरीले २८ रन जोडे । विनोद भण्डारीले २३ रनमा आउट भए । पहिलो विकेटका रुपमा रुपन्देहीले पाँचौ ओभरको दोस्रो बलमा रन आउटको रुपमा सन्दीप सुनारलाई व्यक्तिगत १४ रनमा गुमाएको थियो ।
लगतै ११ ओभरको पाँचौ बलमा सुमित महर्जन १० रनमा क्याच हुन पुगे । पुनित मेहरा १४ ओभरको पहिलो बलमा ६ रनमा रन आउट हुन पुगे । लगतै यसै ओभरको चौथो बलमा भिम सार्कीलाई मोहम्मद नाविदले शून्यमा एलपी डब्लू आउट गरेपछि रुपन्देही दवावमा परेको थियो ।
छैटौं विकेटका लागि विनोद भण्डारी र प्रदीप ऐरीले ३७ रनको साझेदारीगरेपछि रुपन्देहीको जितको आसा पलाएको थियो । महेन्द्रनगरका लागि अभिनास बोहोराले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाविद,सागर ढकाल, सिद्धान्त लोहनीले समान एक एक विकेट लिए ।
त्यस अघि महेन्द्रनगर युनाइटेडले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन बनाउन सक्यो । महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकर २९ रनमा अविजित रहे । त्यस्तै अन्तिम तिर अंमरसिंह राउटेलाले १९ जोडे । भारतीय खेलाडी आनन्दले २० रन बनाए ।
पहिलो ओभरको दोस्रो बल मै ओपनर दीलिप नाथलाई शुन्यमा गुमाएको थियो । चौथो ओभरको तेस्रो बलमा मोहम्मद नाविदलाई बसन्त रेग्मिले विकेटकीपर विनोद भण्डारीबाट १८ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए ।
पुनित मेहराले ११ ओभरको पहिलो बलमा आरिफ शेख,तेस्रो बलमा रोहित कुमार पौडेल र अन्तिम बलमा सिद्धान्त लोहनीलाई क्याच आउट गराएपछि रुपन्देही खेलमा फर्किएको थियो । आरिफ ११,रोहित २ र सिद्धान्त डक आउट भए । सातौं विकेटका लागि कप्तान शरद भेषवाकरले अमरसिंह राउटेलासँग ३९ रनको साझेदारी गर्दै सम्मानजक लक्ष्य सम्म पुर्याए । अभिनास बोहोरा ११ रनमा आउट भए । रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लए । पुनीत मेहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । बसन्त रेग्मिले २ विकेट लिए ।
जीतसँगै महेन्द्रनगर युनाइटेडले क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५