भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा विद्रोहीले गराएको बम विस्फोटमा परी ४० जना अर्धसैनिक बलका जवानको मृत्यु भएको छ ।
विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैनिक बलका जवान चढेको बसमा ठोक्काइदा सो क्षति भएको हो ।
हमलाको जिम्मेवारी जैश ए–मोहम्मद समूहले लिएको छ । यो भारतीय सुरक्षाकर्मीमाथि सन् २०१६ पछि गरिएको सबैभन्दा भीषण हमला हो ।
कश्मिरको राजधानी श्रीनगरबाट २० किलोमिटर टाढा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने क्षेत्रमा सो विस्फोट गराइएको थियो । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५