भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लागेका विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नीतिअनुसार मोदी दक्षिण कोरिया जान लागेका अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आएका थिए ।
भ्रमणका क्रममा मोदी र मुनका बीच दुई पक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा हित, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरूले जनाएका छन् । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५