एजेन्सी : संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ।
रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक संकटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका हुन्।
उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरे। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मंगलबार फोनमार्फत् अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई उक्त चेतावनी दिभएका हुन्।
रुसी विदेशमन्त्री लाभरोभले उक्त फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तर्राष्ट्रिय कानुन उल्लंघनको मुद्दा व्यहोर्नुपर्ने चेतावनी पनि दिएका छन्।
गत महिना गुएइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले हुवाँ गुएइदोलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको उनको दाबी छ।
निकोलस मदुरोले भने आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँदै आभएका छन्।
त्यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा प्रदर्शन गर्ने गरेका छन्। उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए। उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका छन् ।
राष्ट्रपति मदुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन्।
विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएका छन् भने मदुरोले यहाँको संसट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान कमै मात्र गरिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५