काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन कारोबार नरोक्न आग्रह गरेको छ ।
मंगलबार विज्ञप्ति प्रकाशित गर्दै बोर्डले लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारबाट उच्च स्तरीय समिति गठन भई उक्त समितिले चाडै नै प्रतिवेदन बुझाउने क्रममा रहेको हुँदा समस्या समाधान हुने जनाएको छ ।
‘उक्त समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको परिप्रेक्ष्यमा दोस्रो बजार कारोवार सुसंचालनमा संयमताको लागि अनुरोध गर्दै बजारलाई स्वच्छ र पारदर्शीरुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको लागि बोर्ड अनुरोध गर्दछ’ धितोपत्र बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०७५