काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र १०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५