काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ४० पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ रहेको छ । एक युरोको खरिददर १३० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८पैसा छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ०३ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५