काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ भने बिक्री मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।
एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८० पैसा र बिक्रिदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ भने जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।
आज रियाल,रिंगिट दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढेको छैन । कुवेती र बहराइन दिनारको भाउ भने केही पैसाले बढेको छ ।
आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रिदर १० रुपैयाँ १० पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ७१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ०१ रुपैयाँ २९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५