काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै सेयर लगानीकर्ताहरुले आइतबारदेखि काठमाडौंमा अनसन सुरु गरेका छन् ।
सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेको, नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेको र राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको भन्दै सेयर लगानीकर्ता दबाव समूहले अनसन थालेको हो ।
सेयर लगानीकर्ताहरुले काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका छन् । यसअघि उनीहरुले अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । तर माग सम्बोधन नभएपछि आफूहरु अनसनमा बस्न बाध्य भएको उनीहरुको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५