काठमाडौं । मंगलबार सुनको भाउ तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५