काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अघिल्लो दिनभन्दा केही घटेको छ । आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ४५ पैसा रहेको छ ।
यसैगरी बिक्री मूल्य भने ११२ रुपैयाँ ५ पैसा रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर १२७ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४३ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा रहेको छ ।
यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३५ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५