काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेर ५७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारमा ५७ हजार ६०० रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५