काठमाडौं । सरकारले आउने चैत्रको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ ।
लगानी बोर्डको आइतबार साँझ बसेको बैठकले चैत्र दोस्रो साता २ दिने लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले उक्त सम्मेलनको तयारीका लागि अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई लगानीसम्बन्धी नेपालले सुधार गरेका नीतिहरुका बारेमा जानकारी दिन सम्मेलन हुन लागेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५