काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात बयोधा अस्पताल, बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशतसम्म छूट पाउने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५