काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । आज छापावाल सुन ५८ हजार ३०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५८ हजार ७ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर तोलामा ५८ हजार तीन सयमा कारोबार भएको हो ।
यस्तै, आज तेजावी सुन तोलामा ५८ हजारमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा रु ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५