काठमाडौँ । सुन तोलामा रु एक हजारले घटेको छ । आईतबार छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएका थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार गत मङ्गलबार छापावाल सुन प्रतितोला रु ६० हजारमा कारोवार भएको थियो ।
तिहारमा बन्द भएको कारोवार आइतबारदेखि पुनःसञ्चालनमा आउने क्रममा एक हजार घटेर कारोबार भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ‘पहेँलो धातुको भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको मुल्य केही सस्तो हुन गएको देखिन्छ ।
त्यस्तै चाँदीमा समेत आईतबार बाटै रु २५ घटेर तोलाको रु ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५